दफा
ऐनको व्यवस्था लागु हुने बैंक तथा वित्तीय संस्थाहरु
देहायका बैंक तथा वित्तीय संस्थाको ऋण असुली सम्वन्धी मुद्दाको लागि यस ऐनको व्यवस्था लागू हुनेछः– (क) कृषि विकास बैंक ऐन, २०२४ बमोजिम स्थापना भएका कृषि विकास बैक, (ख) वाणिज्य बैंक ऐन, २०३१ बमोजिम स्थापना भएका वाणिज्य बैंक, (ग) नेपाल औद्योगिक विकास निगम ऐन, २०४६ बमोजिम स्थापना भएको नेपाल औद्योगिक विकास निगम, (घ) नेपाल राष्ट्र बैंकले समय समयमा तोकेका अन्य वित्तीय संस्थाहरु । तर पाँच लाख रुपैयाँभन्दा कम साँवा रकम भएको ऋण असुल गर्दा यो ऐनको व्यवस्था लागू हुने  छैन ।